माओवादीले इलाम-२ मा उम्मेदवारी नदिने, एमालेका सुहाङलाई सघाउने

0
196

पाँचथर, २२ चैत/इलाम-२ को उपनिर्वाचनमा माओवादीले एमालेलाई सघाउने भएको छ । केन्द्रीय गठबन्धनको सहमतिअनुसार माओवादीले एमालेबाट उम्मेदवार बन्ने सुहाङ नेम्बाङलाई सघाउने भएको हो ।

कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले केन्द्रको निर्णय भन्दै बिहीबार उम्मेदवारी नदिनेबारे सर्कुलर गरेका थिए ।

‘एमाले उम्मेदवारलाई सहयोग गर्ने भन्ने सर्कुलर आएको छ । त्यसैैले अब हामीले उम्मेदवारी दिन्नौं’ इलाम-२ मा उम्मेदवारका लागि सिफारिस भएका भएका माओवादीका नेता धिरेन्द्र शर्माले भने,’अब हामी उम्मेदवारी दिन्नौं । एमालेका उम्मेदवारलाई सघाउँछौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here