बागमतीका नवनियुक्त मन्त्री थपलियाले लिए शपथ

0
157

हेटौंडा, १८ चैत/बागमती प्रदेशका नवनियुक्त मन्त्री जगन्नाथ थपलियाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता समेत रहेका उनले शनिबार साँझ आर्थिक मामिला तथा योजना मन्त्रीको शपथ लिएका हुन् ।

उनलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादव चन्द्र शर्माल शपथ ग्रहण गराएका हुन् ।

नेता थपलिया दोस्रो पटक प्रदेश सरकारमा सहभागी भएका हुन् । उनी गत २०७९ पुस २६ मा पहिलो पटक प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here