सुन अहिलेसम्मकै उच्च, ताेलाकाे कति पुग्याे ?

0
213

काठमाडौँ, १५ चैत/सुनको मूल्य तोलाको एक हजार १०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा एक लाख २७ हजार ९०० मा कारोबार भइरहेको छ । तेजावी सुन एक लाख २७ हजार ३०० मा कारोबार भएको छ । 

बुधबार छापावाल सुन तोलामा एक लाख २६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा एक लाख २६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । 

चाँदीको मूल्य पनि तोलामा २० रूपैयाँले बढेको छ । चाँदी आज तोलामा १ हजार ५१० मा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलामा १ हजार ४९० मा कारोबार भएको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here