एसईई आजबाट सुरु

0
218

हेटौंडा, १५ चैत/माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु भएको छ। आजदेखि सुरु भएको परीक्षा चैत २७ गतेसम्म चल्नेछ।

बिहान ८ देखि ११ बजेसम्म परीक्षा हुने बोर्डले जनाएको छ। पहिलो दिन आज अंग्रेजी विषयको परीक्षा भइरहेको छ।

परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार एसईई परीक्षामा ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी हुनेछन्। जसमा छात्रा २ लाख ५० हजार ७ सय ७२, छात्र २ लाख ५३ हजार ६ सय २७ र लैगिक अल्पसंख्यक १५ जना रहेका छन् । तीमध्ये १५ हजार ७ सय ४९ जना प्राविधिक धारतर्फका विद्यार्थी रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । एसईई परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ। 

यता यस वर्षको एसईई परीक्षाको लागि मकवानपुरको ९ वटा स्थानीय तहमा २६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।

मकवानपुर जिल्लाका एक सय २६ विद्यालयका ६ हजार १ सय ७१ विद्यार्थी एसईईमा सहभागी हुने छन् । यो संख्या गत वर्षको परीक्षार्थीभन्दा एक सय ७१ बढी हो । खुलातर्फ ८४ जना परीक्षार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमले बताएका छन् । गौतमका अनुसार भीमफेदी कारागारमा एकजना कैदी पनि परीक्षार्थी रहेका छन् । परीक्षा चैत २७ गते सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here