हाँडीखोलामा कोल्ड स्टोरको शिलान्यास, २४ महिनामा सम्पन्न गर्ने

0
465

मनहरी, १४ फागुन/मनहरी गाउँपालिका ३ हाँडीखोलामा कोल्ड स्टोर निर्माणको शिलान्यास भएको छ ।

मनहरी गाउँपालिकाको आन्तरिक श्रोतबाट निर्माण हुन लागेको कोल्ड स्टोरको शिलान्यास भएको हो । आइतबार गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीसहित उपाध्यक्ष सीता पुलामी मगर तथा विभिन्न वडाका वडाअध्यक्ष र स्थानीयको उपस्थितीमा शिलान्यास गरिएको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले साविक हाँडिखोलाबासीका लागि गौरवको आयोजनाका रुपमा यस कोल्ड स्टोर निर्माणको योजना अघि सारिएको बताउनुभयो । निर्वाचनमा आफुले पहिलो एजेण्डाको रुपमा अघि सारेको कोल्ड स्टोर निर्माण कार्य विभिन्न बाधा अवरोधकाबीच शिलान्यास गर्न पाएकोमा खुशी लागेको उहाँको भनाई छ ।

शिलान्यास कार्यक्रममा वडा नं १ का वडाअध्यक्ष शिवप्रसाद खनाल, वडा नं ३ का वडाअध्यक्ष अनन्त प्रकाश अर्याल,५ का वडाअध्यक्ष दीपेन्द्र अधिकारी, ९ का वडाअध्यक्ष राजकुमार श्रेष्ठ , गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

करिब ४ सय मेट्रिक टन क्षमता रहेको उक्त कोल्ड स्टोर ६ करोँड २८ लाख ४५ हजारमा निर्माणको ठेक्का साकार गरेको हिमालयन नमोवुद्ध निर्माण सेवा कम्पनीले २४ महिनाभित्र सम्पन्न गर्ने प्रतिवद्धतासहित सम्झौता गरेको छ । कोल्ड स्टोर निर्माणका लागि स्थानीय गणेश कुमारी उप्रेतीले १० धुर जग्गा सहयोग गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here