संसदमा उठेका विषय सम्बोधन गर्नू: सभामुख घिमिरे

0
174

काठमाडौं, १० फागुन/प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को शून्य, विशेष र आकस्मिक समयमा उठेका विषयमा सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। 

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरु नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले बालकुमारी घटनाका दोषी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा मुछिएका स्वास्थ्य मन्त्री मोहन बस्नेत र गृहमन्त्री नारायणकाजी श्रेष्ठ र रामग्राम लिज प्रकरणमा पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग गरेपछि उनले ध्यानाकर्षण भएको जनाएका हुन्। 

सभामुख घिमिरेले गत फागुन ६ गतेको बैठकमा पनि आफूले उठेका विषयमा गम्भीरतापूर्वक सम्बोधन गर्न भनेको स्मरण गराए। प्रतिपक्ष दलका सांसदहरुले प्रश्न उठाएर सरकारले जवाफ नदिएसम्म सदन चल्न नसक्ने अडान लिएपछि सभामुख घिमिरेले ध्यानाकर्षण गराएका हुन्। 

‘भ्रष्टाचार मुद्दामा अख्तियारले बोलायो अब तपाईंहरू राजीनामा गर भन्न नसक्ने नैतिकताहिन र कायर प्रधानमन्त्रीले यो देशलाई भ्रष्टाचारमुक्त बनाउन सक्दैन,’ सांसद पन्तले भने,’ मन्त्रीहरूलाई कारवाही नगर्नु भनेको यो मन्त्रीलाई फेरि बयानमा नबोलाउ, कारवाही नगर भनेर अख्तियारलाई सरकारले बयान दिएको हो।’

उनले मन्त्रीलाई कुनै पनि हालतमा पदमा बसिरहन नैतिकता नदिने बताए। सांसद पन्तले प्रधानमन्त्रीले  भ्रष्टाचार नियन्त्रण गर्छु् भनेर संसदमा भाषण गर्नुको  कुनै औचित्य नभएको जिकिर गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here