एजेन्सी/शारीरिक तथा मानसिक स्वस्थताका लागि प्रर्याप्त निद्रा अत्यावश्यक हुन्छ । शरीरलाई स्वस्थ राख्न निद्राले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
तर, कयौंपटक शरीरमा हुने एक विशेष हर्मोनको कमीले गर्दा तपाईंलाई राम्रो निद्रा नलाग्न सक्छ । यहाँ जानौं कुन हर्मोनले गर्दा निद्रा नलाग्ने अवस्था आउँछ ।
यदि गहिरो र राम्रो निद्रा लागिरहेको छैन भने तपाईंको शरीरमा मेलाटोनिन नामक हर्मोनको कमी भइरहेको छ । यसलाई तपाईंले स्लीपिंग हर्मोन पनि भन्न सक्नुहुन्छ । यो हर्मोनले स्लीप साइकल र त्यसको गुणस्तरलाई राम्रो बनाउँछ ।
राम्रो निद्राका लागि तपाईं ओखरको सेवन गर्न सक्नुहुन्छ । यसमा ओमेगा ३ फ्याटी एसिड सहित अन्य कयौं त्यस्ता गुण हुन्छन् जसले मेलाटोनिन हर्मोनलाई बढाउँछन् ।
त्यस्तै क्यामोमाइल चिया पिउँदा पनि शरीरमा मेलाटोनिन बढ्छ । क्यामोमाइल चियामा पोटाशियम, फोलेट, क्याल्सियम, म्याग्नेसियम र भिटामिन ए जस्ता पोषक तत्व पाइन्छन् ।
त्यस्तै बदाम खानाले पनि दिमाग तेज हुनुका साथै निद्रा पनि राम्रो लाग्छ । आफ्नो दैनिक खानपानमा तपाईंले बदामलाई समावेश गराउन सक्नुहुन्छ ।
सुन्तला खाँदा पनि मेलाटोनिन बढ्छ, जो राम्रो निद्राका लागि आवश्यक हुन्छ । साथमा यसमा भिटामिन बी जस्ता गुण पनि हुन्छन् ।
त्यस्तै शरीरमा मेलाटोनिन हर्मोन बढाउनका लागि दैनिक रुपमा सुत्नुअघि कम्तीमा १० मिनेट मेडिटेशन गर्नुहोस् । यसले तपाईंको दिमागलाई शान्त गराउँछ र स्ट्रेसबाट पनि मुक्ति दिन्छ । जसले गर्दा राम्रो निद्रा पनि लाग्छ ।