आज कांग्रेसको महासमिति बैठक समापन हुँदै

0
178

काठमाडौं, १० फागुन/नेपाली कांग्रेसको महासमिति बैठक आज समापन हुँदैछ । यही फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा जारी कांग्रेस महासमिति बैठक आज सकिने भएको हो ।

आज छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि चारदिने बैठक समापन हुने भएको हो । महासमिति बैठकको अन्तिम दिन आज बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश सभापतिहरुले पदाधिकारीसहितको उपस्थितिमा हुने महासमिति बैठकमा प्रस्तुत गर्नेछन् ।

त्यसपछि आजै अपराह्न समापन समारोह गरिने पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

सो बैठकमा देशभर र विदेशस्थित जनसम्पर्कका गरी दुई हजार बढी महासमिति सदस्य सहभागी रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here