सुमोमा हेटौंडा आउँदै गरेको एक यात्रुको मृत्यु

हेटौंडा, २१ माघ/काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको सुमोमा सवार एक यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाराकोल्वी नगरपालिका वडा नं.६ पर्सौना बस्ने ६० बर्षीय द्वारिका चौधरी रहेका छन् । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार शनिबार काठमाडौंबाट हेटौंडा हुँदै बारा जान आउँदै गरेको ना।१ज ७९५८ नम्बरको सुमोमा चौधरी सवार थिए ।

मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं. ६ चिसापानी गढीमा रोकेपछि खाजा खान होटलतर्फ जाने क्रममा उनी बेहोस भएर लडेका थिए ।

उनको तत्काल उद्धार गरी स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि सोही सुमोमा राखेर हेटौंडा अस्पतालमा ल्याईएको थियो । तर उनको उपचारकै क्रममा साँझ ७ बजेर २५ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here