आज यस्तो छ सुनचाँदीको मूल्य

0
71

काठमाडौ, २१ माघ/नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ९०० रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ३५० रुपैयाँ रहेको छ ।

यसअघि, शुक्रबार छापावाल सुन १ लाख १९ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

आइतबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर तोलाको १३ सय ९५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १४ सय ५ रुपैयाँ रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here