५० किलो गाँजासहित थाहाबाट दुई पक्राउ

0
74

हेटौंडा, ८ माघ/थाहा नगरपालिका-८ दामगडेबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने धुलो करिब ५० किलोसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा रसुवा पार्वतीकुण्ड गाउँपालिका-५ घर भई मकवानपुर थाहा नगरपालिका-९ नारायणहिटी बस्ने २७ वर्षीय प्रभात घले र मकवानपुर थाहा नगरपालिका-३ दमकी घर भई सोही नगरपालिका-६ बज्रबाराही बस्ने ३२ वर्षीय रण बहादुर थिङ रहेका छन् । 

ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले गल्छीबाट पालुङतर्फ जाँदै गरेको बा.१५ च ३९२९ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा २ वटा बोरामा राखेको उक्त गाँजा फेला पारी चालक प्रभात र गाडीमा सवार रणबहादुरलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here