राष्ट्रियसभा निर्वाचन: कोशीमा एमाले र राप्रपाबीच तालमेल

0
273

काठमाडौं, ८ माघ/राष्ट्रियसभा निर्वाचन अन्तर्गत कोशी प्रदेशमा नेकपा एमाले र राप्रपाबीच तालमेल हुने भएको छ । राष्ट्रियसभाको निर्वाचनमा राप्रपाले कोशीमा महिलातर्फ कसैलाई उम्मेदवार बनाएको छैन ।

अन्य तर्फबाट भने उद्धव पौडेललाई अघि सारेको छ । एमालेले उद्धव पौडेललाई सघाउने र महिलातर्फ एमाले उम्मेदवार रुक्मिणी कोइरालालाई सघाउने दुई दलबीच सहमति बनेको हो ।

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने राष्ट्रियसभा निर्वाचनमा कोशीमा ३६७ मतदाता छन् । जसमा ९३ जना प्रदेशसभा सदस्य र १३७ पालिकाका प्रमुख र उपप्रमुख गरी २७४ जना छन् ।

प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ छ ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० सांसद रहेका छन् । कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद रहेका छन् । कोशीमा नेपाली कांग्रेसका प्रमुख उपप्रमुख ११३, एमालेका ११२, माओवादी केन्द्रका ३१, एकीकृत नेकपा समाजवादीका ७, जनता समाजवादी र राप्रपाका ४–४ र स्वतन्त्र ३ जना छन् ।

कोशी प्रदेशमा प्रदेश र स्थानीय तहमा गरी एमालेको मतभार ४ हजार २४८, कांग्रेसको ३ हजार ६८४, माओवादी केन्द्रको १ हजार २७८, राप्रपाको ३९४, नेकपा एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार रहेको छ ।

कोशी प्रदेशमा एमालेको भन्दा सत्ता गठबन्धनको मतभार एक हजार १८८ ले बढी छ । राप्रपा र एमाले मिलेपछि गठबन्धनसँगको मतभार अन्तर ७९४ मा झर्नेछ । सत्ता गठबन्धनसँग ५ हजार ४३६ मतभार छ । एमाले  र राप्रपा तालमेल गरेमा ४ हजार ६४२ मतभार हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here