विश्वकप क्रिकेटमा नेपालले न्यूजिल्याण्डसँग खेल्दै

0
259

काठमाडौं, ७ माघ/दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ एक दिवसीय विश्वकप क्रिकेटमा आज नेपालले पहिलो खेल खेल्दैछ । नेपालले टेष्ट राष्ट्र न्यूजिल्याण्डसँग खेल्न लागेको हो । 

खेल दिउँसो १ः४५ बजेदेखि शुरु हुनेछ । नेपाल र न्यूजिल्याण्ड समूह डी मा रहेका छन् । यो समूहमा पाकिस्तान र अफगानिस्तान पनि रहेका छन् ।

नेपालले यसअघि न्यूजिल्याण्डसँग दुई पटक खेलेको छ र दुवै पटक नेपाल विजयी भएको छ । यो खेल जित्दा नेपालको अर्को चरण प्रवेशको सम्भावना बलियो हुन्छ । गएराति भएको खेलमा पाकिस्तानले अफगानिस्तानमाथि १८१ रनको फराकिलो जित हासिल गरेको छ । 

यसअघि गएराति भएका अन्य खेलमा भारत र इङ्गल्याण्ड विजयी भएका छन् । भारतले बंगलादेशलाई ८४ रनले पराजित गर्यो । भारतले ७ विकेटको क्षतिमा २५१ रन बनाएकामा बंगलादेश १६७ रनमै अलआउट भएको थियो । 

त्यस्तै अर्को खेलमा इङ्गल्याण्डले स्कटल्याण्डलाई ७ विकेटले पराजित गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here