हेटौंडा, २० पुस/मकवानपुरमा बागमती गाउँपालिकामा आगलागी हुदा एक घर जलेर नष्ट भएको छ ।
बिहिबार राति मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर–४ लम्कना विचटोलमा स्थानीय नारायण फेवाली मगरको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
काठको फुसको छानो भएको १ तले उक्त कच्चि घरमा आगलागी हुँदा लत्ताकपडा, अन्नपात, भाडावर्तन र काठहरु पुर्णरुपमा जलि नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जनाएका छन्।
विद्युतिय तार सर्ट भई आगलागी भएको जनाइएको छ। प्रहरी स्थानीयको सहयोगमा आगो करिब डेढ घण्टापछि नियन्त्रणमा आएको जनाइएको छ।