परराष्ट्र मन्त्री एनपी साउद र भारतीय समकक्षी जयशंकरले गरे त्रिवि पुस्तकालय भवन उद्घाटन

0
212

काठमाडौं, २० पुस/त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवनको उद्घाटन गरिएको छ।

परराष्ट्र मन्त्री एनपी साउद र नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री एस जयशंकरले शुक्रबार कीर्तिपुरमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन्।

तीन तले त्रिवि पुस्तकालय भवन भारतीय सहयोगमा निर्माण गरिएको हो। यो भवन त्रिविलाई हस्तान्तरण पनि गरिएको छ। यो पुस्तकालय भवनमा करिब दुई हजार विद्यार्थी बसेर अध्ययन गर्न सकिने त्रिविले जनाएको छ। 

पुस्तकालय भवन निर्माणको काम वि.सं. २०७७ बाट सुरू भएको थियो। ०७२ मा गएको भूकम्पले त्रिवि पुस्तकालय भवनमा क्षति पुगेपछि पुनर्निर्माण गरिएको हो। करिब ३६ करोड लगानीमा भवन बनाइएको हो।

पुस्तकालयमा किताब जारी र फिर्ताको अभिलेख राख्ने विशेष प्रणाली आरएफ आइडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टीफिकेसन सिस्टम) समेत जडान गर्ने तयारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here