काठमाडौं, १६ पुस/संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी, जनमत पार्टी अध्यक्ष सिके राउतसहित ५३ जना पक्राउ परेका छन् । ‘राष्ट्रिय धोती दिवस’ भन्दै निकालिएको -याली निषेधित क्षेत्र माइतीघरमा प्रवेश गर्न खोजेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएकाहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ । बबरमहलबाट माईतिघर तर्फजाँदै गर्दा पक्राउ गरिएको सो पार्टीका नेता बिपी साहले जानकारी दिएका छन् ।
‘धोती दिवस मनाउँन माईतिघर जान लाग्दा आर्ट काउन्सिलवाट अध्यक्षसहित हामीलाई प्रहरीले पक्राउ गरे महेन्द्र पुलिस क्लब ल्याएको छ’, थुनामा रहेका साहले भने, ‘यहाँ ७३ जना छौं, थप अरूलाई अर्को ट्रकमा हालेर अन्यत्र लगेको छ ।’ मधेसी समुदायले अंग्रेजी नयाँ बर्षमा हरेक पटक धोती दिवस मनाउँदै आएका छन् ।