सुनको मूल्य एकैदिन तोलामा २८ सयले बढ्यो

0
225

काठमाडौं, २८ मंसिर/लगातार ओरालो लागेको सुनको मूल्य आज एकैदिन तोलामा २८ सयले बढेको छ। सुनको भाउ आज तोलामा एक लाख १८ हजार ८ सय रुपैयाँ पुगेको छ।

यस्तै तेजाबी सुनकाे मूल्य प्रतिताेला एक लाख १८ हजार २ सय ५० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंले जनाएकाे छ।

यसअघि गत सोमबार सुनको भाउ तोलामा एक लाख २१ हजार ६ सय रुपैयाँमा पुगेको थियो। त्यसयता भने लगातार घटेको भाउ आज फेरि अकासिएको छ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपाली बजारमा पनि बढेको महासंघले जनाएको छ। 

महासंघका अनुसार आज चाँदीको भाउ पनि बढेको छ। तोलामा ५५ रुपैयाँले बढेर चाँदीको मूल्य आज एक हजार ४ सय रुपैयाँ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here