हेटौंडाको चौकीटोलस्थित खाद्य संस्थानमा पुरुष मृत फेला

हेटौंडा, १७ मंसिर/हेटौंडा चौकीटोलस्थित खाद्य संस्थानको गोदाममा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

हेटौंडा -२ चौकीटोलस्थित खाद्य संस्थानको खुल्ला कोठाभित्र एक पुरुष मृत भेटिएका हुन्।

मृत अवस्थामा फेला परेका व्यक्ति अन्दाजी ५४ बर्षीय पुरुष रहेको जनाइएको छ । मृतकको शनाखत भएको छैन।प्रहरीले शवलाई हैटौंडा अस्पातलमा लगेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here