हेटौंडा, १७ मंसिर/मकवानपुरमा आफै चढेको बसको ठक्करबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।
शनिवार साँझ चखेल मातातिर्थ सडक खण्ड अन्तर्गत मकवानपुर ईन्द्रसरोबर-५ कुवामा काठमाण्डौबाट चखेलतर्फ आउदै गरेको बा २ ख ७२७२ नम्बरको बसमा ठक्करबाट ७० की कान्छी माया घलानको ज्यान गएको हो ।
सोही बसमा यात्रा गरिआएकी उनलाई बसबाट झर्ने क्रममा लड्न पुगी बसमा ठोक्किदा घाइते भएकी थिइन।
शरिरको बिभिन्न भागमा चोट लागेको उनको उपचारको क्रममा बि एण्ड बि अस्पतालमा गएराति ज्यान गएको मकवानपुर प्रहारीले जनाएको छ ।
बस तथा चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।