प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किदै

0
186

काठमाडौं, १७ मंसिर/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किदै छन् ।

युएईमा आयोजना भएको कोप- २८ मा सहभागी हुन गएका प्रधानमन्त्री आज साँझ स्वदेश फर्किने भएका हुन् ।

कोप २८ मा प्रधानमन्त्री प्रचण्डले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको बताउदै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत बुधबार युएई प्रस्थान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here