महाधिवेशन सम्बन्धी छलफल गर्न रास्वपाले बोलायो बैठक

0
131

काठमाडौं, २३ कार्तिक/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशनमा होमिएको छ । महाधिवेशन प्रक्रियासम्बन्धी छलफल गर्न बिहीबार बैठक बोलाइएको छ ।

केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

उनका अनुसार बिहीबार दिउँसो १ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठकमा महाधिवेशन प्रक्रियासहित विभिन्न विषयमा छलफल गरिनेछ ।

बैठकमा पश्चिम नेपालमा गएको भूकम्पमा पार्टीले गरेको काम, भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत, उपचार र पुनर्निर्माण विषयमा सरकारको कामको समीक्षा समेत गरिने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here