कांग्रेसले सरकारलाई सुझायो राहत र पुनर्निर्माणका लागि २१ उपाय

0
278

काठमाडौँ, २१ कार्तिक/नेपाली कांग्रेसले जाजरकोट केन्द्रबिन्दु भएर गत शुक्रबार गएको भूकम्प प्रभावितहरूलाई राहत, पुनर्स्थापना र पुनर्निर्माण कार्यलाई थप व्यवस्थित गर्न सरकारलाई सुझाव दिएको छ । भूकम्पपछिको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि कांग्रेसले तत्कालीन र अल्पकालीन २१ सुझाव कार्यान्वयनमा ल्याउन भनेको हो ।

मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताले यस्तो सुझाव दिएका हुन् । कांग्रेसले जाजरकोट भूकम्पपछि सरकारले सक्रियतापूर्वक निर्वाह गरेको भूमिकाको प्रशंसा पनि गरेको छ ।

त्यस्तै कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल, खाद्यान्न, औषधि, लत्ता–कपडाहरू युद्धस्तरमा उपलब्ध गराउन प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको छ ।  राहत, उद्धार र पुनर्स्थापनाको कार्यमा एकद्वार प्रणाली अनुसरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिएर संघीय सरकारको अनुगमन र सहजीकरण गर्नु उपयुक्त हुने कांग्रेसको सुझाव छ ।

यसैगरी प्रदेश सरकारको नेतृत्वमा स्थानीय सरकारले नै पुनर्स्थापना तथा पुनर्निर्माण गर्ने कार्य योजना बनाउनु पर्ने भन्दै स्थानीय सरकारमा विपद् जोखिम व्यवस्थापनको स्थानीय स्तरबाटै नेतृत्व हुने गरी जनशक्तिको व्यवस्थापन गर्न सरकारलाई भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here