सन्दिप लामिछाने विरुद्धको मुद्दा आज पनि स्थगित

0
261

काठमाडौं, २५ असोज/क्रिकेटर सन्दिप लामिछाने विरुद्धको बलात्कार मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंले गोला प्रक्रियाका क्रममा मुद्दा स्थगित भएको जनाएको छ ।

जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले सन्दिप लामिछाने विरुद्धको मुद्दा रहेको फाँटको सबै मुद्दा स्थगित भएको बताए । उनले भने, ‘सरुवा भएर आउनुपर्ने सबै न्यायाधीशहरु आइपुग्नुभएको छैन । गोला तान्ने क्रममा त्यो फाँटको सबै मुद्दा स्थगित भएको हो ।’

बालिका बलात्कारको आरोप लागेका लामिछानेविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here