बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

0
316

काठमाडौं, २५ असोज/ललितपुरमा बालिकालाई बलात्कार गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ परेका छन्।

काभ्रे पनौती घर भई ललितपुर महानगरपालिका-२७ बस्ने २८ वर्षीय दीपक लामा पक्राउ परेका हुन्। उनलाई प्रहरी वृत चापागाउँबाट खटिएको टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो।

लामाविरूद्ध असोज २० देखि २३ गतेसम्म पटकपटक बलात्कार गरेको भन्ने उजुरी परेको थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here