हेटौंडा, २० असोज/नेपाल सरकारका स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेताले चिकित्सा क्षेत्रको समस्या समाधानका लागि चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने बताएका छन् ।
हेटौँडामा शनिवार नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमपछि पत्रकाररुसँग कुरा गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् । उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि नीतिगत सुधार अवस्यक रहेकोले चिकित्सा शिक्षा ऐन नै संसोधन गर्नुपर्ने बताए ।
मन्त्री बस्नेतले विधमान चिकित्सा ऐन देशलाई आवस्यक चिकित्सक तथा स्वास्थ्यकर्मी उत्पादन गर्न वाधक भएकाले तत्काल ऐन संसोधन गर्न आफु लागी परेको दावी गरे ।
अहिले कै अवस्था कायम रहे केहि बर्षपछि नेपालमा डाक्टर र नर्स पाउँन कठिन हुने मन्त्री बस्नेतले दावी गरे ।
यस्तै मन्त्री बस्नेतले गरिब, असाहय तथा कोही नभएकाहरुका लागि देशब्यापी रुपमा निशुल्क उपचारको व्यवस्था मिलाउँन आफुले सरकारीमा शतप्रतिशत भर्ना निशुल्क र निजी अस्पतालहरुमा कम्तिमा दश प्रतिशत बेड अनिवार्यरुपमा पूर्ण निःशुल्क हुनुपर्ने निर्णय गरेको बताए ।
मन्त्री बस्नेतले सरकार स्वास्थ्य क्षेत्रको समग्र विकासका लागी भौतिक संरचना, दक्ष जनशक्ति र प्रविधियुक्त गुणस्तरिय स्वास्थ्य सामग्रीको व्यवस्थापनमा लागीरहेको जानकारी दिए । यस्तै अस्पताल तथा स्वास्थ्य संस्थाअरुमा आवस्यक रहेको दरवन्दी थप गर्न पनि सरकार गम्भिरता पूर्वक लागिरहेको बताए ।
कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशकी बन तथा वातावरण मन्त्री मसिना खड्का, बागमती प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ट लगाएत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।