हेटौँडा, १७ असोज/मंगलबार परेको बर्षाका कारण हेटौंडा हुदै काठमाडौं जोड्ने कुलेखानी–सिस्नेरी सडकखण्ड र कान्तिलोकपथ सडकखण्ड अवरुद्ध बनेको छ ।
वर्षासँगै आएको पहिरोका कारण हेटौंडाबाट काठमाडौं जोड्ने कुलेखानी–सिस्नेरी सडकखण्ड र कान्तिलोकपथ सडकखण्ड अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।
कुलेखानी–सिस्नेरी सडक खण्डअन्तर्गत २ ठाउँमा पहिरो खसेको र कान्तिलोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिकाको भट्टेडाँडामा पहिरो खसेका कारण सडकखण्ड अबरुद्ध बनेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताएका छन् । अवरुद्ध सडकखण्ड खुलाउन जेसिबी प्रयोग भइसकेको जनाइएको छ ।