अपहरण गरेको आरोपमा दुईजना पक्राउ

0
113

काठमाडौं, १६ असोज/एक जनालाई अपहरण गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

सोमबार साँझ देव लामालाई अपहरण गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भोजबहादुर लामा र अर्का आशालाल लामारहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए ।

‘प्रहरीले हिजो २ जनालाई पक्राउ गरेको छ,’ एसपी ढुंगेलले भने । भोजबहादुर बाग्मती प्रदेशका खानेपानी मन्त्री तीर्थ लामाका भाइ हुन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here