नयाँ सोच र दृष्टिकोण भएका युवाहरूलाई कांग्रेसले कसरी समेट्छ?

0
247

काठमाडौं, ७ असोज/नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले नयाँ सोच र दृष्टिकोणसहितका युवालाई कांग्रेसले कसरी समेट्छ भन्ने प्रश्न गरेका छन्।

आइतबार सानेपामा भएको केन्द्रीय समिति बैठकमा धारणा राख्दै उनले बौद्धिक, अनुभव र वैचारिक क्षमता भएकाहरूलाई पार्टीले समेट्नुपर्ने बताए। ‘नयाँ सोच र दृष्टिकोण भएका विकसित राष्ट्र हेर्न चाहने जमातलाई पार्टीले कसरी समेट्छ? नीति के छ?,’ उनले प्रश्न गरे, ‘पुरानै शैलीमा पार्टी चल्न हुन्न।’

उनले जीवनभर राजनीति गर्नेले मात्र विकास गर्न सक्छ भन्ने सोच हटाउनुपर्ने बताएका छन्। उनले पार्टीको अबको १० वर्षको दृष्टिकोण के हो भन्नेसमेत पहिचान गरेर जानुपर्ने बताए ।

उनले नेपाल बाहिर गएका नेपालीलाई रोजगारी सिर्जना गरी देशमै फर्काउनुपर्ने पनि बताए । उनले कम्तीमा केन्द्रीय समितिमा दुईदिन आर्थिक मुद्दामाथि छलफल गरिनुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here