मउवासंघद्वारा थाहानगर उवासंघका नवनिर्वाचित टोलीलाई स्वागत

0
259

हेटौंडा, ३ असोज/मकवानपुर उद्योग वाणिज्य संघले थाहानगर उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई हेटौंडामा स्वागत गरेको छ ।

मउवासंघका अध्यक्ष कृष्ण कुमार गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा मन्तव्य राख्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
मउवासंघको स्थापना, आर्थिक क्रियाकलाप, संघले विगतदेखि वर्तमानसम्म गरेका अन्य विभिन्न कार्यहरु बारे गुप्ताले संक्षिप्त जानकारी गराए ।

त्यसैगरी थाहानगर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पुरुषोत्तम ढकालले मउवासंघका पूर्व अध्यक्ष केशव श्रेष्ठको कार्यकालबाट मउवासंघको उत्तरी क्षेत्र समिति गठन प्रक्रिया प्रारम्भ भएको र सोही उत्तरी क्षेत्र समिति हाल थाहानगर उद्योग वाणिज्य संघको रुपमा स्थापित भएको बताए ।

थाहानगर उद्योग वाणिज्य संघको वर्तमान भवन मकवानपुर उद्योग वाणिज्य संघकै सहयोगमा निर्माण भएको, अहिले पनि थाहानगर उद्योग वाणिज्य संघको मातृसंस्थाको रुपमा मकवानपुर उद्योग वाणिज्य संघलाई आफूले लिएको उनको भनाई थियो ।

ढकालले थाहा नगर, कृषिको हिसावले परिचित र पर्यटकीय रुपमा सम्भावनायुक्त रहेको बताउनु हु“दै धार्मिक पर्यटनको रुपमा ऋषेश्वर, गोरखनाथलगायतका धेरै धार्मिक स्थल थाहा नगरमा रहेको बताए ।

त्यसैगरी उनले मकवानपुर उद्योग वाणिज्य संघबाट थाहा नगरको पर्यटन विकासमा सम्भावित पहलको लागि अनुरोध गरे । कार्यक्रममा संघका उपाध्यक्षत्रय प्रमोद सिंह रानाभाट, उज्वल चौलागाई, राजु अधिकारी, महासचिव दिपक उप्रेतीलगायतले मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here