हेटौँडा, ३ असोज/काजकिस्तान देशमा हुने बक्सिङ प्रतियोगिताको लागि मकवानपुरकी रोसनी घलान छनौट भएको प्रशिक्षक लाल बहादुर पौडेलले जानकारी गराएका छन् ।
५० केजी तौल समूह अन्तर्गत नेपालको राष्ट्रिय छनौट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरी प्रथम स्थान हासिल गर्नुभएकी बक्सिङ खेलाडी रोसनी घलान काजकिस्तानको आस्ताना सहरमा अक्टुबर २१ देखि हुने एशियन जुनियर तथा युथ बक्सिङ प्रतियोगिताको लागि छनौट भएकी हुन् ।
मकवानपुर उद्योग वाणिज्य संघमा आयोजित एक कार्यक्रमकाबीच बक्सिङ खेलाडी रोसनी घलानलाई प्रोत्साहन स्वरुप नगद दश हजार प्रदान गरिएको छ ।
संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले जीतको लागि शुभकामना दिदै प्रोत्साहन रकम हस्तान्तरण गरेका थिए । सोही कार्यक्रममा थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालले पनि सहयोग गरेका थिए ।