काठमाडौं, २१ भदौ/अमेरिकी सेनाको १२ सदस्यीय टोली आज (बिहीबार) नेपाल आउँदैछ।
संयुक्त सैन्य अभ्यासका लागि अमेरिकी वायु सेनाको विशेष जहाजबाट अमेरिकी सेनाको टोली काठमाडौं आउन लागेको हो। ४० औँ संस्करणको संयुक्त सैन्य अभ्यास भदौ २४ गतेदेखि असोज १२ गतेसम्म भक्तपुरको नगरकोटमा हुनेछ।
संयुक्त सैन्य अभ्यास विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा केन्द्रित नेपाली सेनाका सूचना अधिकारी कृष्णप्रसाद भण्डारीले बताएका छन्।
संयुक्त सैन्य अभ्यासमा नेपाली सेनाका तर्फबाट ३० जना र अमेरिकी सेनाका १२ जना सहभागी हुनेछन्। नेपाली सेनाले चीन, भारत, बेलायत, श्रीलंका, बंगलादेश, इजरायललगायत सैनिकहरूसँग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ।