माओवादी केेन्द्र र एमालेका ३ युवा कांग्रेसमा प्रवेश

0
314

हेटौंडा, १९ भदौं/नेकपा माओवादी केन्द्र र एमाले मनहरीका ३ युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले माओवादी केन्द्र मनहरी गाउँ कमिटि सदस्य एवं सीता मावि विद्यालय व्यवस्थापन समिति मनहरी २ का अध्यक्ष राजकुमार थिङ्ग, नेकपा एमाले मनहरी गाउँ कमिटी सदस्य चतुरराम मुक्तान र एमाले मनहरी २ का वडा सदस्य रविन्द्र डिम्डुङ्गलाई पार्टीको सदस्यता दिएर पार्टीमा स्वागत गर्नुभएको थियोे ।

मंगलबार बिहान कांग्रेस बागमती प्रदेश कार्यालय हेटौंडामा पार्टीमा स्वागत गर्दै बागमती प्रदेश सभापति बानियाँले कांग्रेसमा कसैलाई काखा र पाखा नगरिने बताउँदै योग्यता र क्षमताको आधारमा पार्टीमा स्थान दिईने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here