जवरजस्ती करणी अभियोगमा हेटौंडाबाट एक डाक्टर पक्राउ

0
156

हेटौंडा, १९ भदौं/एक महिलालाई जवरजस्ती करणी गरेको हेटौंडाबाट एकजना डाक्टर पक्राउ परेका छन् ।

एक महिलालाई जवरजस्ती करणी गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका –१ स्वर्गलोकमा रहेको हेटौंडा सिटी अस्पतालमा कार्यरत डाक्टर बसिम राइलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको हो ।

काठमाण्डौं बुढानिलकण्ठ घर भई हाल हेटौंडा–१ स्वर्गलोकमा रहेको हेटौंडा सिटी अस्पतालमा कार्यरत ३६ वर्षीय राईले एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सिताराम रिजालले जानकारी दिए ।

सोही हेटौंडा सिटी अस्पतालमा कार्यरत पूर्व महिला कर्मचारीलाई १८ गते राति जवरजस्ती करणी गरेको आरोपमा पीिडित महिलालको उनी विरुद्ध जिल्ला प्रहरी मकवानपुरमा जाहेरी परेपछि डाक्टर राईलाई पक्राउ गरिएको मकवानपुर प्रहरी प्रमुख एसपी रिजालले जानकदिनुभयो ।

उनलाई जिल्ला अदालत मकवानपुरबाट अनुसन्धानका लागि ५ दिनको म्याद थप गरी आवस्यक कारबाही प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here