राप्ती खोलामा युवकको शव फेला

0
147

हेटौँडा, ९ भदौ/हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ सिमलटार नजिकै राप्ती खोलामा डुबेर शनिबार एक युवकको मृत्यु भएको छ। 

शनिबार दिउँसो खोलामा युवकको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। स्थानीयको खबरपछि घटनास्थल पुगेको प्रहरी टोलीलले शव खोलाबाट बाहिर निकालेको थियो।

उक्त शव हेटौँडा– ११ थानाभर्‍याङ बस्ने ४५ वर्षीय कुमार भारतीको रहेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिए। 

शवलाई पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको र घटनाको बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here