हेटौंडा, ८ भदौ/मकवानपुरका अग्रज शाहित्यकार तुल्सी थापाको निधन भएको छ । उहाँको चितवनको सिएमएसी पुरानो मेडिकल कलेजमा उपचारत अबस्थामा निधन भएको हो ।
साहित्य, शिक्षा र सामाजिक कार्यमा महत्वपूर्ण योगदान गरेका मकवानपुरे साहित्यकार तुलसी थापाको निधन भएको छ । हेटौंडा–११ स्थायी निवासी ७८ वर्षीय थापाको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान निधन भएको हो ।
उनमा निमोनिया, मधुमेह, रक्तचापसम्बन्धी समस्या थियो । शिक्षण पेशाबाट निवृत्त भएपछि थापाले साहित्य रचनामा विशेष योगदान दिनु भएको थियो । थापाले नेपालमा पहिलो पटक दाना कविता लेखन सुरु गरेर साहित्यमा नयाँ विधाको सुरु गर्नु भएको थियो ।
थापा भीम विराग संगीत साहित्य कला प्रतिष्ठानका पूर्व अध्यक्ष पनि हुनुहुन्थ्यो । कथा, कविता तथा नाटकमा कलम चलाउनुहुने साहित्यकार थापा ‘दाना कविता’ का प्रणेता हुनुहुन्छ । उहाँ भाषा, साहित्य, शिक्षा र सामाजिक सद्भावमा निरन्तर लागिरहेका अग्रज स्रष्टा हुनुहुन्थ्यो ।
उहाँका ‘एक निमेष अनन्तको’– २०५८ मसिना कविताहरू, अमरसिंहको खोजीमा अमरसिंह नाटक– २०६१ नाटक, फरक आकाश– २०७२ कथा सङ्ग्रहलगायत प्रकाशित छन् । थापाले गोरखा दक्षिण बाहु चौथो ९२०४४०, नारायणी वाङ्मय पुरस्कार ९२०५८० सहित विभिन्न सम्मान प्राप्त गर्नुभएको छ ।