एमालेको संसदमा अवरोध, शुक्रबारसम्म बैठक स्थगित

0
270

काठमाडौँ, २४ साउन/प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोधका कारण संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक पनि स्थगित भएको छ । 

सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमाले सांसदले वेल घेराउ गरेपछि सभामुख देवराज घिमिरेले बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।  

सभामुख घिमिरेले आसन ग्रहण गरेर नियमित कार्यसूचीअनुसार बैठक सञ्चालन गर्न सहयोग गरिदिन आग्रह गरे पनि एमाले सांसदले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए । एमालेको अवरोधका कारण प्रतिनिधिका साथै राष्ट्रियसभा बैठक पनि पटकपटक स्थगित हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here