काठमाडौँ, २३ साउन/सुन तस्करी प्रकरणमा छानबिन समिति गठनको अडानबाट नेकपा एमालेपछि हटेपछि प्रतिनिधिसभाको बैठक चल्ने भएको छ ।
बालुवाटारमा भएको तीन दलको शीर्ष नेताहरूको बैठकमा उपप्रधान तथा गृहममन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा उठेका सवालको जवाफ दिने सहमति भएपछि एमाले तत्कालका लागि बैठक चल्न दिन सहमति भएको सचेतक महेश बर्तौलाले जानकारी दिए ।
‘सरकार आफ्नो अडानमा रह्यो, उच्चस्तरीय छानबिन समिति बनाउने कुरामा अहिलेसम्म सरकार तयार नभएको अवस्था हुँदा हुँदै पनि आज गृहमन्त्रीले केही विषय बताउँछु भन्नुभएको हुनाले सदन चलाउने र गृहमन्त्रीको जवाफ सुन्ने सहमति बनेको छ,’ उनले भने ।
गृहमन्त्री श्रेष्ठले जवाफ दिँदा आफ्नो माग सम्बोधन नगरेर पुनः सदन अवरोध गर्ने बर्तौलाको भनाइ छ ।
अहिलेको अवस्था हेरेर पनि बैठक खोज्ने निर्णयमा पुगिएको उनले बताए । ‘संसदमा देशभरिका प्रतिनिधिले आफ्ना धारणा राख्नुपर्ने अवस्था छ । बाढीपहिरोको समस्या छ । लम्पी किस्नलगायत विषयहरू छन् । त्यो विषयहरूमा धारणा राख्नलाई पनि हामीले हाउस ओपन गर्नुपर्ने अवस्था छ,’ बर्तौलाले भने ।