मकवानपुरकाे बागमतीमा पहिराेले घर बगाउँदा १ जनाकाे मृत्यु, ६ जना बेपत्ता

0
275

हेटाैंडा, २३ साउन/मकवानपुरकाे बागमती गाउँपालिका ५ सिक्रे दाेभानमा पहिराेले घर बगाउँदा १ जनाकाे मृत्यु भएकाे छ भने ६ जना बेपत्ता भएका छन् ।

अबिरल वर्षाका कारण भल पहिराे आई आज बिहान करिब ४ बजेकाे समयमा अक्कलबहादुर स्याङ्तानकाे घर बगाउँदा उनकाे श्रीमतीकाे मृत्यु भएकाे छ भने ६ जना बेपत्ता भएका हुन् ।

पहिरोमा परी घाईते भएकी  ५५ वर्षीय सन्त माया स्यांतानलाई स्थानीयले उद्दार गरी स्थानीय मेडिकलमा लगेकोमा उपचारको क्रममा मृत्यु भएकाे हाे । पहिराेमा परी बेपत्ता हुनेमा मकवानपुर बागमती गा.पा. ०५ सिक्रे दोभान बस्ने बर्ष अन्दाजी ६० को अक्कल बहादुर स्यांतान, निजको छोरी बर्ष अन्दाजी २२ वर्षकी शिला पहरी, पहरीकी पति अन्दाजी २५ वर्षको जिबन पहरी,  पहरीकी छाेराहरु अन्दाजी ४ को मिलन पहरी र छाेरी करिब डेढ वर्षीय दिव्या पहरी र घरमा पाहुना आएका सिन्धुली हरिहरपुर गा.पा. १ कोकटी बस्ने बर्ष करिब १६ को पासाङ घिसिङ बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।

उद्धारका लागि प्रहरी परिचालन भइसकेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here