नेविसंघ केन्द्रीय समितिमा ७१० जना मनोनीत

0
159

काठमाडौँ, २३ साउन/नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ केन्द्रीय समिति विस्तार भएको छ । नेपाली कांग्रेसको विद्यार्थी भ्रातृ संस्था नेविसंघमा सभापति शेरबहादुर देउवाले थप ७१० जनालाई मनोनीत गरेका हुन् । यसअघि ०७८ को चैतमा देउवाले दुजाङ शेर्पालाई नेविसंघको अध्यक्ष बनाएका थिए । एक वर्षभित्र महाधिवेशन गर्ने जिम्मेवारी पाएका शेर्पाले दुई वर्षपछि बल्ल केन्द्रीय समिति पाएका छन् ।

महाधिवेशनको सट्टा मनोनीत गर्ने परम्परा बस्दा नेताहरुबीच आफूनिकटका कार्यकर्तालाई पुरस्कार दिएर भ्रातृसंस्थामा भीड जम्मा गर्ने प्रतिस्पर्धा चलेको छ । सभापति देउवाले नेता शेखर कोइरालासहित पार्टीका नेताहरुले नाम दिएका आधारमा ७७ वटै जिल्लाबाट ७१० जनालाई मनोनीत गरेका हुन् ।

अब नेविसंघ केन्द्रीय समिति ७११ सदस्यीय बनेको छ । नेविसंघमा मनोनयन गर्न ढिलासुस्ती भएको भन्दै यसअघि बसेको केन्द्रीय कार्यसमितिमा विरोध भएको थियो । बैठकले सभापति देउवालाई भदौसम्ममा भ्रातृ संस्थाहरुलाई पूर्णता दिन जिम्मेवारी तोकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here