एजेन्सी, २० साउन/स्विजरल्यान्डलाई ५–१ गोल अन्तरले पराजित गर्दै स्पेन महिला विश्वकप २०२३ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । महिला विश्वकपमा स्पेन अन्तिम आठमा प्रवेश गरेको यो पहिलो पटक हो ।
लिग चरणको आफ्नो अन्तिम खेलमा जापानविरुद्धको खेल ४–० ले गुमाएयता स्पेनले यो शानदार प्रदर्शन गरेको हो । एडन पार्कमा भएको खेलमा स्पेनका लागि एटाना बोनमाटीले २ गोल गरिन् ।
यस्तै अल्बा रेडोन्डो, कोडिना र जेनफिर हरमासोले १/१ गोल गरेका थिए । स्विजरल्यान्डका लागि लाइआ कोडिनाले १ गोल फर्काइन । स्पेनले अब सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्स वा दक्षिण अफ्रिकाको सामना गर्नु पर्नेछ ।