गौर हत्याकाण्डका पीडितलाई प्रधानमन्त्रीको आश्वासन: “तत्काल ठोष सहमति हुन्छ”

0
152

काठमाडौं, २० साउन/गौर हत्याकाण्डका पीडित र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । गौर हत्याकाण्डका पीडित संघर्ष समितिको टोली र प्रधानमन्त्री प्रचण्डबीच आज बालुवाटारमा भेटवार्ता भएको हो । 

न्यायका लागि पीडित संघर्ष समितिले धर्ना, प्रदर्शनलगायत आन्दोलनका कार्यक्रम गर्दै आएको छ । काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री प्रचण्डले आज उनीहरूसँग छलफल गरेका हुन् । 

भेटमा पीडित संघर्ष समितिको टोलीले प्रचण्डसँग न्यायको माग गरेको छ । जवाफमा प्रचण्डले सचिवको नेतृत्वमा तत्काल वार्ता टोली बनाउने र ठोस सहमति गर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here