महिला विश्वकप फुटबलः आज चार खेल हुँदै 

0
339

एजेन्सी, १७ साउन/महिला विश्वकप फुटबलमा आज चार खेल हुँदैछन् । आज अर्जेन्टिना र स्वीडेन तथा दक्षिण अफ्रिका र इटाली दिउँसो पौने १ बजे खेल्नेछन् । 
यस्तै पानामा र फ्रान्स तथा जमैका र ब्राजिलबीचको खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ । 

यसअघि हिजो भएको खेलमा नेदरल्याण्ड्सले भियतनामलाई ७ गोलले हराएको भने चीन, इङ्ल्याण्डसँग ६–१ ले पराजित भएको थियो ।

यस्तै डेनमार्कले हाइटीलाई २ गोलले हराउँदा पोर्चुगल र संयुक्त राज्य अमेरिकाले भने गोलरहित बराबरी खेलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here