कोसीका मुख्यमन्त्री थापाको शपथग्रहण साँझ ५ बजे

0
144

विराटनगर,१७ साउन/कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथग्रहण बुधबार साँझ ५ बजे हुने भएको छ ।

दलहरुबीच जारी बैठक नसकिएको र मन्त्री तथा मन्त्रालयको टुंगो लगाउन समय लाग्ने भएपछि बिहान १०ः३० बजेलाई तय भएको शपथग्रहण सरेको हो ।

मुख्यमन्त्री थापाले दलहरु आपसी छलफलमा रहेकोले पूर्वनिर्धारित समय फेरबदल भएको बताए । मन्त्रीहरुको कार्यविभाजनसहित आजै टुंगो लागेपछि मात्रै शपथ हुने बताइएको छ ।

थापा गठबन्धन सम्बद्ध चार दलको समर्थनमा मंगलबार मुख्यमन्त्री नियुक्त भएका हुन् ।‌

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here