ओढारबाट ११ थान भरुवा बन्दुक बरामद

0
353

रूकुम (पूर्व), १७ साउन/भुमे गाउँपालिका-६ स्थित तामारीको जंगलको ओढारबाट ११ थान भरूवा बन्दुक मंगलबार साँझ प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट महतबाट खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेको उक्त बन्दुकहरु फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here