नेता बानियाँद्वारा विपन्न तथा चेपाङ समुदायका ४० घरपरिवारलाई खाद्यान्न वितरण

0
237

हेटौंडा, २२ असार/नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले भीमफेदी २ का विपन्न तथा चेपाङ समुदायका ४० घरपरिवारलाई खाद्यान्न वितरण गर्नुभएको छ ।

नेपाली कांग्रेस भीमफेदी गाउँपालिका २ का वडासभापति मञ्जु थापाको सभाध्यक्षता तथा नेता बानियाँको प्रमुख आतिथ्यतामा भीमफेदी २ को पुरानो गाउँ, दमार र चौकीडाँडा टोलका गरिव, विपन्न तथा चेपाङ समुदायका ४० घरपरिवारलाई प्रतिघरधुरी ३० किलोको एक बोरा चामल वितरण गरिएको हो ।

खाद्य सामाग्री हस्तान्तरण गर्दै नेता बानियाँले नेपाली कांग्रेस प्रत्येक दिनदुःखी, असहाय, गरिबको सेवामा सधैं समर्पित रहने बताउँदै वर्षातको समयमा गरिब र विपन्न जनतालाई केही राहत हुने लक्ष्यका साथ सानो सहयोग गरेको बताउनुभयो ।

कांग्रेस बागमती प्रदेश सभापति बानियाँले कांग्रेस सधैं जनताको दुःख, पीडा र साथ सहयोगमा रहिरहने बताउँदै आगामी दिनमा पनि गरिव, विपन्न परिवारलाई दुःख अफ्ट्यारोमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा कांग्रेस बागमती प्रदेश सदस्यद्वय राजन भट्ट र प्रज्वल दवाडी, कांग्रेस चितवनका महाधिवेशन प्रतिनिधि शेरबहादुर परियार, कांग्रेस मकवानपुरका जिल्ला सदस्य नवराज खतिवडा, भीमफेदी गाउँपालिका उपाध्यक्ष सञ्जिव श्रेष्ठ, सम्बृृद्ध आधार नेपालका केन्द्रीय उपाध्यक्ष दीपा पौडेल बानियाँ, काग्रेस मकवानपुर २ क का प्रदेश क्षेत्रीय प्रवक्ता मिलन पुडासैनीलगायतले मन्तव्य व्यक्त गर्का थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here