क्रियाशील पत्रकारलाई महासंघको सदस्यता दिन प्रेस युनियनको आग्रह

0
147

हेटौंडा, २२ असार/नेपाल प्रेस युनियन मकवानपुरले क्रियाशील सञ्चारकर्मीहरुलाई सदस्य हुनबाट बञ्चित नगर्न आग्रह गर्दै नेपाल पत्रकार महासंघ मकवानपुरको ध्यानाकर्षण गराएको छ ।

अध्यक्ष सुवास विडारीले शुक्रबार विज्ञप्ति जारी गर्दै महासंघ मकवानपुर शाखाले केन्द्रले तोकेको मापदण्ड पूर्णरुपमा पालना नगरी मनोमानी ढंगबाट सदस्यता सिफारिस गरेको भन्दै आपत्ती जनाए ।


‘महासंघ मकवानपुर शाखाले केन्द्रले तोकेको मापदण्ड पूर्णरुपमा पालना नगरी सरकारी नियुक्ती लिएका र राजनीतिमा क्रियाशील रहेकाको सदस्यता कायम राखेको र सञ्चारकर्ममै क्रियाशील रहेकाहरुको नवीकरण र नयाँ सदस्यता हुनबाट बञ्चित गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा उल्लेख छ ।


साथै जिल्लामा सक्रिय कलमजीवीहरुको उजुरी लिने र सोमाथि कुनै छलफलसमेत नगरी प्रदेशलाई सिफारिस गरको भन्दै महासंघको यो कदमप्रति युनियनको पूर्ण असहमति रहेको उल्लेख छ ।


युनियनले क्रियाशील सञ्चारकर्मीहरुलाई असार २७ गतेसम्म प्रदेश समितिमा सदस्यको विषयमाथि उजुरी गर्न आह्वान समेत गरेको छ ।

युनियनले क्रियाशील सञ्चारकर्मीहरुलाई महासंघको सदस्य हुनबाट बञ्चित नगर्न महासंघ बागमती प्रदेश समिति र जिल्ला शाखालाई आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here