काठमाडौँ,२२ असार/सत्तारुढ दल नेपाली कांग्रेस जिल्ला सभापतिहरूको भेला आज पनि हुँदै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा भेला बिहान ११ बजेबाट सुरु हुनेछ ।
बिहीबारबाट सुरु भएको भेलामा आज पनि जिल्लाका सभापतिहरूले आफ्ना धारणा राख्ने छन् । बिहीबार २८ जना सांसदहरूले आफ्ना धारणा राखेको महामन्त्री गगनकुमार थापाले बताए । अब आज बाँकी जिल्ला सभापतिहरूले आफ्ना धारणा राख्ने छन् ।
भेलामा उपस्थित जिल्ला सभापतिहरूले आगामी केन्द्रीय समितिले सबै समस्यालाई हल गरेर लैजान सुझाव दिएका छन् । बैठकमा जिल्ला सभापतिहरूले नेपाली कांग्रेसका नेतृत्वमा रहेका सबै तहका सरकारको प्रस्तुति र प्रगतिको समीक्षा गर्दै बढी भन्दा बढी काम गरेर परिणाम निकाल्ने गरी सरकार सञ्चालन गर्न आग्रह गरेका छन् ।
पार्टीका नेताहरू भ्रष्टाचारको मुद्दामा जोडिएका, आरोपित भएको विषयमा कठोर रूपमा उभिन आग्रह गरेका छन् ।