हेटौंडा १६ द्वारा ७५ जना जेष्ठ नागरिकलाई सम्मान

0
166

हेटौंडा, २१ असार/हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ ले जेष्ठ नागरिकलाई विहिबार एक कार्यमकाबीच सम्मान गरेको छ ।

जेष्ठ नागरिक मञ्च हेटौंडा १६ का अध्यक्ष देवनारायण ढकालको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा १६ नम्बर वडाका ५ टोल विकास संस्थाका ७५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

जेष्ठ नागरिकलाई सम्मान गर्दै प्रमूख अतिथि बानियाँले बृद्धबृद्धाहरुको उचित स्याहारसुसार र हेरबिचार गर्नु राज्यको दायित्व हुन आउने बताउँदै यसतर्फ वडाले ध्यान दिएकोमा खुशी व्यक्त गर्नुभयो ।

नेता बानियाँले परिवारका सदस्यका साथसाथै टोल, समाज र राज्यका निकाय स्थानीय सरकारलेसमेत यसतर्फ ध्यान दिई आफ्नो वडामा रहेका जेष्ठ नागरिकहरुको उचित हेरविचार गर्नुपर्नेमा जोड दिनुभयो ।

हेटौंडा उपमहानगरपालिका १६ मा रहेका ५ वडाका ७५ जना जेष्ठ नागरिकलाई आज सम्मान गरिएको र बाँकी १० टोल विकासका जेष्ठ नागरिकलाई साउनको पहिलो साता सम्मान गरिने हेटौंडा १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले जानकारी दिनुभयो ।

जेष्ठ नागरिकहरुलाई खाँदा, ब्ल्यांकेट, लठ्ठी र नगद पाँच सयले सम्मान गरिएको वडाअध्यक्ष कोइरालाले बताउनुभयो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, समाजसेवीहरु रामकृष्ण तिवारी, महेश ढकाल, अर्जुनप्रसाद वाग्लेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here