हेटौंडा, २१ असार/बागमती प्रदेशको बजेट बहुमतले पारित भएको छ । बागमती प्रदेशसभाको विहिबार बैठकमा बजेट बहुमतले पारित भएको हो ।
बैठकमा विभिन्न मन्त्रालयको बजेटमाथि परेको संशोधन बहुमतले अस्वीकृत भएको थियो । बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले धारणा राखेका थिए । उनीहरूको धारणाको अर्थ मन्त्री बहादुरसिं लामाले जवाफ दिएका थिए ।
बैठकबाट प्रदेश सन्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्नेसम्बन्धी विधेयक र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित भएको थियो ।
आर्थिक मामिला तथा योजना मन्त्री लामाले असार १ गते आव २०८०/८१ का लागि कुल ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका थिए ।