कारागारका कैदी शौचालयमा मृत फेला

0
162

बाँके, २१ असार/नेपालगन्जस्थित बाँके जिल्ला कारागारभित्र एकजना कैदी मृत भेटिएका छन् । जानकी गाउँपालिका– ६ का २३ वर्षीय नीरज गुप्ता बिहीबार बिहान शौचालयमा मृत अवस्थामा भेटिएको बाँके जिल्ला कारागारका प्रमुज अर्जुनजंग शाहले जानकारी दिए । 

डाँका चोरी मुद्दामा बाँके जिल्ला अदालतले तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तोकेको थियो । फैसलापछि उनी फरार थिए । 

फैसला कार्यान्वयनको टोलीले उनलाई पक्राउ गरी अदालतमा बुझाएको थियो । गुप्तालाई बाँके जिल्ला अदालले ५ असार ०८० मा कारागार चलान गरेको थियो । ‘कारागार आएका १५–१६ दिन मात्र भएको थियो । के कारणले आत्महत्या गरे भन्ने खुल्न सकेको छैन । हामी अनुसन्धानमै छौँ,’ कारागार प्रमुख शाहले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here